साउदी अरेबिया– इटालियन सुपर कपको उपाधि युभेन्ट्सले जितेको छ। बुधबार साउदी अरेबियामा भएको फाइनल खेलमा एसी मिलानलाई १–० गोलले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो।
युभेन्ट्सले सुपर कपको उपाधि आठौं पटक जितेको हो। यसअघि २ सिजन उपविजेतामा सीमित युभेन्ट्सले पछिल्लो पटक २०१५ मा सुपर कपको उपाधि जितेको थियो।
युभेन्ट्सलाई ३ वर्षपछि उपाधि दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। रोनाल्डोले दोस्रो हाफमा हेडमार्फत गोल गरेका थिए। रोनाल्डोले सिजनमा १६ औं गोल गरेका हुन्।
यहि सिजन स्पेनिस महारथी क्लब रियल म्याड्रिड छाडेर इटालिय क्लब युभेन्ट्समा आबद्ध भएका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लबका लागि पहिलो अवार्ड जित्न सफल भए।
खेलमा मिलानका डिफेन्डर फ्रान्स केसिइ रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भए। यस्तै मिलानका प्याट्रिक काउट्रोनको प्रहार क्रसबारमा लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।