जेनेभा- साम्प्रदायिक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८ सय ९० जना मारिएको तथ्य सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार वटा गाउँमा उनीहरु मारिएका हुन्।
गत डिसेम्बर महिनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।