दाभाओ सिटी– दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ।
तर, यस भूकम्पको कारण मानवीय तथा भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ।
स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो। भूकम्पको केन्द्रबिन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको सो विभागले जानकारी दिएको छ।
भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो।
फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्निच्युडको भूकम्प आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।