काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सोमबारको सम्पूर्ण सेयर कारोबार रद्ध भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रविधिक कारण देखाई कारोबार रद्ध गरेको हो।
सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य ५० प्रतिशतले बढेको थियो। नेप्सेमा कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको थियो।
आइतबार २ सय २४ रुपैयाँमा कारोबार रोकिएको कम्पनीको सेयर मूल्य सोमबार ३ सय ३६ रुपैयाँ पुगेको थियो।
नेप्सेको लापरबाहीको कारण लगानीकर्ता कम्पनीको सेयर खरिद–बिक्री गर्न अल्मलिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।