काठमाडौं– सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको छ।
आइतबार २ सय २४ रुपैयाँमा कारोबार रोकिएको कम्पनीको सेयर मूल्य सोमबार ३ सय ३६ रुपैयाँ पुगेको छ।
नेप्सेको लापरबाहीका कारण लगानीकर्तालाई कम्पनीको सेयर खरिद–बिक्री गर्न समस्या भएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक त्रुटिका कारण तामाकोशीको सेयर मूल्य उच्च बढेको देखिएको बताए। भने, ‘प्राविधिक कारणले समस्या देखिएको हो। यसको विषयमा छलफल हुँदैछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।