लन्डन- इंग्लिस प्रिमियर लिगअन्तर्गत तेस्रो स्थानको टोटनह्याममाथि म्यानचेस्टर युनाइटेडले रोमान्चक जित हात पारेको छ।
म्यानचेस्टर युनाइटेडले आइतबार राति भएको खेलमा टोटनह्यामाथि १-० गोलको जित हात पारेको हो। म्यानचेस्टरको जितमा मास्कोस रास्फोडले खेलको ४४ मिनेटमा गोल गरे। उनले पाउल पोग्बाले मिलाएको उत्कृष्ट पासमा गोल गरेका थिए।
म्यानचेस्टरले अन्तरिम प्रशिक्षक ओले गनानियर साल्सजारको प्रशिक्षणमा ६ खेलमा ६ जित नै हात पारेको हो।
खेलमा म्यानचेस्टरका गोलकिपर डेभिड डे गियाले उत्कृष्ट बचाउ गरेका थिए।
लिगको अर्को खेलमा एभर्टनले वार्नमाउथमाथि २-० गोलको जित हात पारेको छ।
लिगको शीर्ष स्थानको लिभरपुलको ५७ अंक छ। म्यानचेस्टर सिटी २१ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्यामको २२ खेलबाट ४८ अंक छ। चौथो चेल्सीको २२ खेलबाट ४७ अंक, पाँचौ स्थानको आर्सनलको ४१ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको पनि ४१ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।