काठमाडौं– डा गोविन्द केसीको स्वास्थ्य स्थितिमा थप समस्या देखिन थालेको छ।
१६ औँ अनसनको पाँचौं दिन डा केसीको स्वास्थ्यमा थप जटिलता देखिएको डा रामकृष्ण आचार्यले बताए।
'मुटुको चाल र छातिको संक्रमणले अझ गाँजेको छ,' डा आचार्यले भने।
डा केसीलाई साेमबार बिहानै सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सारिने उनले बताए।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले केसीसँगको सम्झौताविपरीत गत बुधबार विधेयक पारित गरेपछि केसीले इलामबाट १६औं अनसन सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।