काठमाडौं– दुबई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका विजेता र राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई विधाका बिजेता प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा विजयी सुरुवात गर्न सफल भएका छन्।
काठमाडौंका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैचा स्पोर्टस् ग्रामका मुना हाङ्ग राईलाई २१–४, २१–४ को अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।
दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्टस् ग्रामद्वारा आयोजना गरिएको प्रतियोगिताको पुरुष एकल तर्फ नै पुलिसका विष्णु कटुवाल र जीवन आचार्य, सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवश शंकर, एपिएफका बिजित थापा मगर, गौतम कठायत, सुमल लिम्बु, सुनिल जोशीले आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरणमा स्थान बनाएका छन्। बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१ । ५, २१ । ८ ले पराजित गरे।


यस्तै पुलिसकै जीवनले बिर्तामोडका बिवेक कदङ्गवालाई २१ । ५, २१ । ७ ले पाखा लगाए । जित निकाल्ने क्रमममा सेनामा प्रफुलले तेह्रथुमा क्षितिज केसीलाई २१ । ९, २१ । १४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५ । २३, २१ । १०, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सूर्खेतका नरेन्द्र बमलाई २१ । १०, १८ । २१, २१ । १३ ले पराजित गरे । एपिएफका बिजित थापा मगरले मोरङ्गका दिपेन राईलाई २१ । ६, २१ । ११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१ । १०, २१ । १० को समान अन्तरले, सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१ । ८, २१ , ११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बुलाई २१ । ३, २१ । ११ ले पाखा लगाए।
पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरि चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आईतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१ । १९, २१ । १७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१ । १३, २१ । १३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङ्गलाई २१ । १५, १३ । २१, २१ । १६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीले ईटहरीका भोज बहादुर गुरुङ्गलाई २१ । ११, २१ । १० ले पराजित गर्दै दोश्रो चरणको दावेदारी प्रस्तुत गरे।
चार विधामा खेलाईको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्र्धा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।