लाहान– प्रहरीले २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
भगवानपुर गाउँपालिका १, कल्याणपुरका देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।
यादवको घर खानतलासी गर्दा लुकाएर राखिएको २२ किलो गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लाहानले जनाएको छ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।