काठमाडौं– सामाखुसीबाट बुद्धको मूर्तिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सिन्धुली मरिन गाउँपालिका–६ का ३९ वर्षीय दिलबहादुर ल्योलेलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट बुद्धको मूर्ति ३ थान बरामद गरेको छ। स्वयम्भू, सितापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्तिहरु बेचबिखन तथा कारोबार हुँदैछ भन्ने सूचना प्राप्त भएपछि खटिएको उनलाई पक्राउ गरेको हो।
उनले उक्त मूर्ति कारोबार गर्ने उद्देश्यले झोलामा बोकेर हिंडेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।