धादिङ– काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन्।
अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्।
घाइतेको बजारबासी तथा प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि राखिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ।
गाडीमा ४१ जना सवार रहेका थिए। दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि हाल भने पुनः सञ्चालन भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।