आगलागीबाट ४ लाखको क्षति

रासस

Nepal Live

विदुर– ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ। 

गएराति भएको आगलागीमा स्थानीय सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना पसलमा समेत नगद रु ५० हजार, एक तोला सुन र पसलको खुद्रा सामान गरी रु चार लाख मूल्य बराबरको क्षति भएको उनले बताए।  

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने