भक्तपुर– खानेपानीमन्त्री बिना मगरले घरपरिवार र समाजले अर्बुद रोगका बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी छन्।
भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी आयोजनाको उद्घाटन गर्दैै उनले गाउँगाउँमा अर्बुदबारे चेतना जगाउन सबै लाग्नुपर्ने बताइन्।
सो अवसरमा मन्त्री मगरले अस्पताललाई १२ लाख रुपैयाँको लागतमा पिउने पानीको व्यवस्था गरेकी प्रसुनदेवी घिराइया तथा अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड उपकरण खरिद गर्न सहयोग पुर्याएकी रिना श्रेष्ठलाई सम्मान गरिन्।
उक्त अवसरमा अर्बुदपीडित बिरामीले मन्त्री मगरसँग योग्यताअनुसारको जागिरको व्यवस्था तथा मासिक ५ हजार सहयोग गर्ने सरकारको निर्णयलाई निरन्तरता दिन माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।