विराटनगर– पत्नीको हत्या गरेको आरोपमा इलाममा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सन्दकपुर गाउँपालिका–५ बतासेका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले रक्सीको बोतलले हानेर ३५ वर्षीय पत्नी निरमाया गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ।
दुईबीच विवाद हुँदा गुरुङले पत्नीको कोखामा रक्सीको बोतलले हानेका थिए। निरमायाको घट्नास्थलमै मृत्यु भएको थियो।
स्थानीयले घटनाको बारेमा जानकारी दिएपछि सोमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।