कञ्चनपुर– कैलालीको टीकापुरमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ३७ वर्षीय अनिल थापा (टाटा बिराला) ले ब्राउन सुगर विक्री गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले बताए।
थापालाई यस भन्दा पहिले पनि इलाका प्रहरी कार्यालयले 'लागुऔषध ऐन' अन्तर्गत मुद्दा समेत चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।