काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले निजी क्षेत्रसँग सहकार्य नगरी आर्थिक समृद्धि प्राप्त नहुने बताएका छन्।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन उद्धघाटन क्रममा प्रचण्डले राज्यले निजी व्यवसायीलाई ठग भन्ने परम्परालाई हटाउनुपर्ने बताए। ‘निजी व्यवसायीसँग राज्यले सहकार्य नगरी देशमा आर्थिक वृद्धि हुन्न,’ उनले भने।
चीनमा निजी क्षेत्रलाई प्रोत्साहित गरेर नै तीव्र विकास गरेको उनले उदाहरण दिए। 'जनताले कांग्रेस र कम्युनिस्ट भनी सरकारको हेक्का गर्दैनन्। जनतालाई सुशासन आयो कि आएन प्रमुख हो,' उनको भनाइ थियो।
राज्यले छिटोभन्दा छिटो पुस्तक नीति बनाउनुपर्नेमा जोड दिँदै उनले पुस्तकका लागि आवश्यक कच्चा पदार्थमा लाग्दै आएको करलाई छुट दिनुपर्ने राय राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।