काठमाडौँ- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको तलब सुविधाबारे संसदमा जानकारी गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख महराले चौधरीलाई पुस १९ गते सपथ गराएको र पुनः डिल्लीबजार कारगारमै लगिएको जानकारी गराए।
नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवासुविधा नपाउनेबारे सदनलाई स्पष्ट पारे।
प्रतिनिधिसभाको अर्काे बैठक पुस २९ गते दिउँसो १२ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।