काठमाडौं– सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको प्रश्न उठाउँदा मन्त्रीहरुलाई संसदमा जवाफ दिन पुनः निर्देशन दिएका छन्।
संसदको बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठाएका प्रश्नमा प्रधानमन्त्री तथा मन्त्रीहरुले बेवास्ता गरेको आवाज उठाएपछि सभामुखले उक्त निर्देशन दिएका हुन्।
बैठकको प्रारम्भममै बोल्दै नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आइतबारको बैठकमा संसदको नियमावली उल्लघंन गरेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘सभामुखले नियमावलीको प्रावधानलाई कार्यान्वयनमा ध्यान दिनु भएको छैन। गम्भीर आपत्ति छ।’ प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनु सदस्यहरुको हक भएको बताउँदै खाँडले अधिकारको रक्षा सभामुखले नगरेको आरोप लगाए।
सांसदहरुले उठाएका सवालमा मन्त्रीहरुको जवाफ नआएको भन्दै उनले आपत्ति जनाए। ‘नियमावलीमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने प्रावधान छ। मन्त्रीहरुले पनि जवाफ दिनु भएको छैन। उहाँहरु किन तयार भइरहनुभएको छैन?’ उनले प्रश्न गरे।
संसद सञ्चालनको नियमावली २१९ को १ र २ कार्यान्वयन नगरे आगामी दिनमा पनि सदन अवरुद्ध गरिने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।