• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छेडीपोखरी : चुरे विनाशले मरुभूमि बनाएको गाउँ

विस्थापनको दारुण कथा
64x64
नेपाल लाइभ आइतबार, पुस २२, २०७५  ०७:४०
1140x725

जनकपुर- कुनैबेला धनुषामा छेडीपोखरी भन्ने एउटा हराभरा गाउँ थियो। ६५ भन्दा बढी घरपरिवार अटाएको किसानहरूको बस्ती। तर अहिले यही गाउँ फराकिलो मरुभूमिझैं बनेको छ।

२०४५ सालमा यो गाउँमा नदी कटान भयो। झन्डै ८ फिट गहिराइ नदीले काटेर बगाएपछि गाउँले विस्थापित भए। बाँकी छ त दुई इनारको अस्तित्व। छेडीपोखरीलाई सम्झाउने यही इनारबाहेक अन्य  अवशेष छैन।

सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले गाउँको अवशेष बाँकी रहेको इनार देखाउँदै भने, ‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौं।’

उनको चिन्ताको अन्तर्य थियो, चुरे विनाशले निम्त्याएको विपत्ति।

छेडीपोखरीको इतिहास
तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ। बूढापाकाका अनुसार पहिला यस गाउँमा थारु समुदायका मानिस भारतको मुंगेरबाट आएका थिए। यहाँका शोभित चौधरीका हजुरबा अमृत पोद्धार (चौधरी) बिर्तावाल थिए। ठूलो सम्मान थियो उनको। तर पछि पहाड समुदायका मानिसहरुको प्रवेशसँगै थारुहरुको प्रभाव घट्दै गएको बूढापाकाहरु बताउँछन्।

२००७ सालभन्दा अघि नै यस भेगमा जंगल फडानीको क्रम सुरु भइसकेको थियो। पाल्पाबाट १९९० सालतिर आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जंगल फडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए। २००७ सालको क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषाको लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए। आन्दोलनको क्रममा खातीहरु (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती) सँग उनको निकट सम्पर्क भयो।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति दिगम्बर झाले त्यस भेगमा जंगल फडानी गरी नयाँ बस्ती विस्तार गरे। बस्ती उनकै नाममा रह्यो– दिगम्बरपुर। पछि बलबहादुर खाती गाउँका जमिनदार र हर्ताकर्ता भए। 

पहिला दिगम्बरपुरमा जलाधि खोलाको चौडाइ ४ सय मिटर मात्र भएकोमा अहिले यो झन् विकराल हुँदै गएको छ। हजार मिटरभन्दा पनि बढी यसको चौडाइ फैलँदो छ। बर्सेनि जलाधि खोलाले ५–६ बिघा जग्गा कटान गर्छ। २०४५ सालमा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै विस्थापित गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

६७ वर्षे ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो मरुभूमि हेर्न पुग्छन्। उनीसँग बाल्यकालदेखिका थुप्रै सम्झना अझै छन्। ‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ बुढाथोकी भावुक हुन्छन्, ‘म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौं।’

रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। ‘बा र आमा मिलेर खेतीपाती सुरु गर्नुभयो,’ उनले सम्झे, ‘हामी त्यहीँ खेलेर हुर्कियौं।’

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषिकर्म अघि बढाए। जलाधि खोलाको छेवैमा गाउँ कस्तो थियो भने, मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुने। गाउँमै मूल फुटेर निस्केको सफा पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिँचित गर्न मद्दत गरेको थियो।

‘२०४२ सालताकाको कुरा हो,' उनी तीन दशकअघि फर्किए, 'सोझो नदी त हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो।’ सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै थियो।  अर्को वर्ष अझ बढी कटान भयो। २०४४ सालमा गाउँभरि नदी बग्न सुरु भयो।'

जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि आफूहरुको सर्वस्व गुम्न थालेको उनी बताउँछन्। अरू गाउँलेहरु घरबार छाडेर हिँडिहाले पनि उनी किनारकिनार चहार्दै त्यतै बसिरहे। अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सिप नलागेर उनी पनि विस्थापनको सिकार भए।

यसरी छेडीपोखरीका अन्तिम बासिन्दा ललित हिँडेपछि धनुषाको दिगम्बरपुर गाविस वडा नम्बर ४ मानवविहीन बन्न पुग्यो। त्यहाँका सम्पूर्ण गाउँले शरण खोज्दै करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगे। त्यो स्थान अहिले क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ६ सखुवा बजार, नयाँ टोल भनेर चिनिन्छ।

‘उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो,’ ललितले भने, ‘अहिले अन्यत्रबाट थपिएका समेत गरेर डेढ सयभन्दा बढी परिवार पुगिसकेका छौं।’

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका ललितले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले किनिदिएको दस धुर जग्गामा एउटा छाप्रो बनाएर श्रीमान–श्रीमती बसेका छन्।

उनी अहिले यहाँ सानो छाप्रोमा बिहान चिया बनाएर बेच्ने गर्छन्। 

यसरी विस्थापित हुनुपर्दा समस्या ललितलाई मात्र परेन, पहाडे र मधेसी परिवारको मिश्रित बसोबास रहेको सम्पूर्ण गाउँलेको बिचल्ली भयो। उनका अनुसार त्यो गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि त्यहाँ थिएन।

‘चारकिल्ला ठोकिएको त्यस्तो किसिमको टोला थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लीबाठ भयौं।’

आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा नै रहेको उनी सुनाउँछन्। ‘तर, कसैले पनि क्षतिपूर्ति पाएनौं,’ उनले भने, ‘अरब गएर धेरैले जग्गा जमिन जोडेपछि अधिकांश परिवारले फेरि किसानी गर्न पाएका छन्।’

नदीले बाटो फेरेपछि
ललितका अनुसार छेडीपोखरीमा पसेको नदीले झन्डै १० वर्षपछि बाटो फेर्यो। त्यतिबेला रसिलो बन्न पुगेको किनार किनारका जमिनमा एक-दुई वर्ष फेरि हरियाली फैलिएको थियो। यताबाट गएरै गाउँलेहरूले धान रोप्दा २०५६ सालताका बेस्सरी उब्जनी भएको उनी सम्झन्छन्। 'त्यसपछि फेरि सुक्दै जान थाल्यो,'  उनले भने, 'अब त घाँस पनि नलाग्ने मरुभूमि बन्दै गइरहेको छ।'

छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव पनि केटाकेटी हुन्जेल गाउँ छेउको जलाधि नदी एकतिरबाट मात्र बगेको सम्झन्छन्। ‘त्यतिबेला बढीमा सय मिटर चौडा थियो,’ नदीतर्फ औंल्याउँदै गाउँका यी सामाजिक परिचालक भन्छन्, ‘अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’

छेडीपोखरीमा नदी पसेर जलाधिले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बन्यो। अहिले नदी यो बीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको धमाधम तटबन्ध गरिए पनि बर्सनि कटान रोकिएको छैन।

चुरे कटानको असर
बर्सेनि जलाद नदीले गर्ने कटान रोक्न प्रयास नभएको भने होइन। तर सार्थक भएको छैन। राष्ट्रपति चुरे संरक्षण समितिका प्रमुख तथा वन तथा जलाधार विज्ञ रामेश्वर पण्डित आफूहरूले सरकारी तवरबाट भरमग्दुर प्रयास गर्दा पनि नसकिएको बताउँछन्। 

उनको कार्यालय लगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध, जिल्ला वनस्पति कार्यालयले आपसी तालमेलमा चुरे संरक्षणको प्रयास गरिरहेकै छन्।

‘तर, जुन मात्रामा चुरेले विनाश भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो बन्दै गइरहेको छ,’ उनले भने। 

तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ।

चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको छ। पण्डितका अनुसार यसरी वनफँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको छ। यस्तो अवस्थामा वर्षामा बढ्ने भेलले ढुंगामाटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बढ्दो छ।

माथितिर चुरे पूर्ण रूपमा संरक्षित नभएसम्म तल यो समस्या रहिरहने उनी सुनाउँछन्।

मधेसका बस्तीहरूमा तीन–चार सय फिट खनेपछि मात्रै पानी आउने र पहिले पर्याप्त पानी हुने ठाउँमा हिजोआज बैसाख–जेठमा चापाकल समेत सुक्न थालेको उनको अनुभव छ।

नदीमा ढुंगाको ठेक्का लगाउने जिविसले राम्ररी अनुगमन गर्दा पनि समस्या नसुल्झिएको उनको भनाइ छ। ‘जथाभावी ढुंगा र बालुवा झिक्ने ठेकेदार र क्रसरहरूले कुनै मापदण्डलाई मानेकै छैनन्,’ उनले समस्या औंल्याए।

यस्तो अवस्थामा केही वर्षअघि ढुंगागिट्टीलाई भारतको बजारमा लैजान पाइने बनाउँदा ठूलै तमासा मच्चिएको थियो। पण्डितले सुनाए, ‘ठेकेदारहरू रातारात करोडपति भए, बाँकी कसैलाई केही फाइदा भएन। चुरेको त बेहालै भइसक्यो।’

त्यो बेला दैनिक पचासौं ट्रक लस्कर लागेर भारततिर जाँदा जटहीको रोड गुलजार भएको थियो। दुई वर्षअघि सरकारले भारततर्फ रोडाढुंगा लैजान रोक लगाएपछि त्यो क्रम थामियो। हिजोआज सामसुम भएको यो प्रक्रियालाई फेरि खोल्ने हो भने चुरेको तीव्र बर्बादीलाई कसैले नियन्त्रण गर्न नसक्ने देख्छन् उनी।

प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित]
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा सोमबार, असार २२, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एडीबीसँग सरकारले गर्‍यो २५ अर्ब ऋण सम्झौता सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्