• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छेडीपोखरी : चुरे विनाशले मरुभूमि बनाएको गाउँ

विस्थापनको दारुण कथा
64x64
नेपाल लाइभ आइतबार, पुस २२, २०७५  ०७:४०
1140x725

जनकपुर- कुनैबेला धनुषामा छेडीपोखरी भन्ने एउटा हराभरा गाउँ थियो। ६५ भन्दा बढी घरपरिवार अटाएको किसानहरूको बस्ती। तर अहिले यही गाउँ फराकिलो मरुभूमिझैं बनेको छ।

२०४५ सालमा यो गाउँमा नदी कटान भयो। झन्डै ८ फिट गहिराइ नदीले काटेर बगाएपछि गाउँले विस्थापित भए। बाँकी छ त दुई इनारको अस्तित्व। छेडीपोखरीलाई सम्झाउने यही इनारबाहेक अन्य  अवशेष छैन।

सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले गाउँको अवशेष बाँकी रहेको इनार देखाउँदै भने, ‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौं।’

उनको चिन्ताको अन्तर्य थियो, चुरे विनाशले निम्त्याएको विपत्ति।

छेडीपोखरीको इतिहास
तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ। बूढापाकाका अनुसार पहिला यस गाउँमा थारु समुदायका मानिस भारतको मुंगेरबाट आएका थिए। यहाँका शोभित चौधरीका हजुरबा अमृत पोद्धार (चौधरी) बिर्तावाल थिए। ठूलो सम्मान थियो उनको। तर पछि पहाड समुदायका मानिसहरुको प्रवेशसँगै थारुहरुको प्रभाव घट्दै गएको बूढापाकाहरु बताउँछन्।

२००७ सालभन्दा अघि नै यस भेगमा जंगल फडानीको क्रम सुरु भइसकेको थियो। पाल्पाबाट १९९० सालतिर आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जंगल फडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए। २००७ सालको क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषाको लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए। आन्दोलनको क्रममा खातीहरु (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती) सँग उनको निकट सम्पर्क भयो।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति दिगम्बर झाले त्यस भेगमा जंगल फडानी गरी नयाँ बस्ती विस्तार गरे। बस्ती उनकै नाममा रह्यो– दिगम्बरपुर। पछि बलबहादुर खाती गाउँका जमिनदार र हर्ताकर्ता भए। 

पहिला दिगम्बरपुरमा जलाधि खोलाको चौडाइ ४ सय मिटर मात्र भएकोमा अहिले यो झन् विकराल हुँदै गएको छ। हजार मिटरभन्दा पनि बढी यसको चौडाइ फैलँदो छ। बर्सेनि जलाधि खोलाले ५–६ बिघा जग्गा कटान गर्छ। २०४५ सालमा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै विस्थापित गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

६७ वर्षे ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो मरुभूमि हेर्न पुग्छन्। उनीसँग बाल्यकालदेखिका थुप्रै सम्झना अझै छन्। ‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ बुढाथोकी भावुक हुन्छन्, ‘म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौं।’

रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। ‘बा र आमा मिलेर खेतीपाती सुरु गर्नुभयो,’ उनले सम्झे, ‘हामी त्यहीँ खेलेर हुर्कियौं।’

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषिकर्म अघि बढाए। जलाधि खोलाको छेवैमा गाउँ कस्तो थियो भने, मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुने। गाउँमै मूल फुटेर निस्केको सफा पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिँचित गर्न मद्दत गरेको थियो।

Xtrem

Xtrem

‘२०४२ सालताकाको कुरा हो,' उनी तीन दशकअघि फर्किए, 'सोझो नदी त हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो।’ सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै थियो।  अर्को वर्ष अझ बढी कटान भयो। २०४४ सालमा गाउँभरि नदी बग्न सुरु भयो।'

जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि आफूहरुको सर्वस्व गुम्न थालेको उनी बताउँछन्। अरू गाउँलेहरु घरबार छाडेर हिँडिहाले पनि उनी किनारकिनार चहार्दै त्यतै बसिरहे। अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सिप नलागेर उनी पनि विस्थापनको सिकार भए।

यसरी छेडीपोखरीका अन्तिम बासिन्दा ललित हिँडेपछि धनुषाको दिगम्बरपुर गाविस वडा नम्बर ४ मानवविहीन बन्न पुग्यो। त्यहाँका सम्पूर्ण गाउँले शरण खोज्दै करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगे। त्यो स्थान अहिले क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ६ सखुवा बजार, नयाँ टोल भनेर चिनिन्छ।

‘उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो,’ ललितले भने, ‘अहिले अन्यत्रबाट थपिएका समेत गरेर डेढ सयभन्दा बढी परिवार पुगिसकेका छौं।’

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका ललितले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले किनिदिएको दस धुर जग्गामा एउटा छाप्रो बनाएर श्रीमान–श्रीमती बसेका छन्।

उनी अहिले यहाँ सानो छाप्रोमा बिहान चिया बनाएर बेच्ने गर्छन्। 

यसरी विस्थापित हुनुपर्दा समस्या ललितलाई मात्र परेन, पहाडे र मधेसी परिवारको मिश्रित बसोबास रहेको सम्पूर्ण गाउँलेको बिचल्ली भयो। उनका अनुसार त्यो गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि त्यहाँ थिएन।

‘चारकिल्ला ठोकिएको त्यस्तो किसिमको टोला थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लीबाठ भयौं।’

आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा नै रहेको उनी सुनाउँछन्। ‘तर, कसैले पनि क्षतिपूर्ति पाएनौं,’ उनले भने, ‘अरब गएर धेरैले जग्गा जमिन जोडेपछि अधिकांश परिवारले फेरि किसानी गर्न पाएका छन्।’

नदीले बाटो फेरेपछि
ललितका अनुसार छेडीपोखरीमा पसेको नदीले झन्डै १० वर्षपछि बाटो फेर्यो। त्यतिबेला रसिलो बन्न पुगेको किनार किनारका जमिनमा एक-दुई वर्ष फेरि हरियाली फैलिएको थियो। यताबाट गएरै गाउँलेहरूले धान रोप्दा २०५६ सालताका बेस्सरी उब्जनी भएको उनी सम्झन्छन्। 'त्यसपछि फेरि सुक्दै जान थाल्यो,'  उनले भने, 'अब त घाँस पनि नलाग्ने मरुभूमि बन्दै गइरहेको छ।'

छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव पनि केटाकेटी हुन्जेल गाउँ छेउको जलाधि नदी एकतिरबाट मात्र बगेको सम्झन्छन्। ‘त्यतिबेला बढीमा सय मिटर चौडा थियो,’ नदीतर्फ औंल्याउँदै गाउँका यी सामाजिक परिचालक भन्छन्, ‘अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’

छेडीपोखरीमा नदी पसेर जलाधिले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बन्यो। अहिले नदी यो बीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको धमाधम तटबन्ध गरिए पनि बर्सनि कटान रोकिएको छैन।

चुरे कटानको असर
बर्सेनि जलाद नदीले गर्ने कटान रोक्न प्रयास नभएको भने होइन। तर सार्थक भएको छैन। राष्ट्रपति चुरे संरक्षण समितिका प्रमुख तथा वन तथा जलाधार विज्ञ रामेश्वर पण्डित आफूहरूले सरकारी तवरबाट भरमग्दुर प्रयास गर्दा पनि नसकिएको बताउँछन्। 

उनको कार्यालय लगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध, जिल्ला वनस्पति कार्यालयले आपसी तालमेलमा चुरे संरक्षणको प्रयास गरिरहेकै छन्।

‘तर, जुन मात्रामा चुरेले विनाश भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो बन्दै गइरहेको छ,’ उनले भने। 

तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ।

चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको छ। पण्डितका अनुसार यसरी वनफँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको छ। यस्तो अवस्थामा वर्षामा बढ्ने भेलले ढुंगामाटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बढ्दो छ।

माथितिर चुरे पूर्ण रूपमा संरक्षित नभएसम्म तल यो समस्या रहिरहने उनी सुनाउँछन्।

मधेसका बस्तीहरूमा तीन–चार सय फिट खनेपछि मात्रै पानी आउने र पहिले पर्याप्त पानी हुने ठाउँमा हिजोआज बैसाख–जेठमा चापाकल समेत सुक्न थालेको उनको अनुभव छ।

नदीमा ढुंगाको ठेक्का लगाउने जिविसले राम्ररी अनुगमन गर्दा पनि समस्या नसुल्झिएको उनको भनाइ छ। ‘जथाभावी ढुंगा र बालुवा झिक्ने ठेकेदार र क्रसरहरूले कुनै मापदण्डलाई मानेकै छैनन्,’ उनले समस्या औंल्याए।

यस्तो अवस्थामा केही वर्षअघि ढुंगागिट्टीलाई भारतको बजारमा लैजान पाइने बनाउँदा ठूलै तमासा मच्चिएको थियो। पण्डितले सुनाए, ‘ठेकेदारहरू रातारात करोडपति भए, बाँकी कसैलाई केही फाइदा भएन। चुरेको त बेहालै भइसक्यो।’

त्यो बेला दैनिक पचासौं ट्रक लस्कर लागेर भारततिर जाँदा जटहीको रोड गुलजार भएको थियो। दुई वर्षअघि सरकारले भारततर्फ रोडाढुंगा लैजान रोक लगाएपछि त्यो क्रम थामियो। हिजोआज सामसुम भएको यो प्रक्रियालाई फेरि खोल्ने हो भने चुरेको तीव्र बर्बादीलाई कसैले नियन्त्रण गर्न नसक्ने देख्छन् उनी।

प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्