• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भर्सटाइल ‘प्याड वुमन\'

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  ११:२०
1140x725

काठमाडौं- बलिउडमा सन् २०१८ मा चर्चित हुने फिल्ममध्ये ‘प्याड म्यान’ पनि एक हो। भारत, तमीलनाडूका एक सामाजिक अभियन्ताको काममा आधारित यो फिल्मले केवल मनोरन्जन मात्र नदिई महिलाको महिनावारी स्वास्थ्य र सुरक्षाको विषयमा जागरण ल्याउन समेत सघाउ पुर्यायो। 

महिलाको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा काम गर्ने दातृ संस्था र सरकारले फिल्मलाई उपयोगी मानी गाउँ–गाउँसम्म लगेर नि:शुल्क देखाए। निकै न्यून मूल्यमा ‘स्यानिटरी प्याड’ बनाएका अभियन्ता अरुणाचलम मुरुगानान्थामको अभियान तमीलनाडूबाट भारतभर फैलियो।

यो त भयो भारतीय सामाजिक अभियन्ताको काम र त्यसैमाथि फिल्म बनेपछि फैलिएको यशको कुरा। 

नेपालमै पनि पछिल्लो समय महिनावारी स्वास्थ्य र उनीहरुको सुरक्षा क्षेत्रमा काम गर्न आउनेहरुको संख्या बाक्लिँदो छ। त्यस्तैमा पर्छिन्, गरिमा श्रेष्ठ। 

पेसाले चिकित्सक। वयस्क उमेर। सोख फिल्म क्षेत्र। उनले सस्तो मूल्यमा सजिलै सुरक्षित खालको स्यानिटरी प्याड बनाउने अभियान चलाइरहेकी छिन्। कतिपयले उनको काम देखेर गरिमालाई नेपालकी ‘प्याड वुमन’ समेत भन्न थालेका छन्। 

यसरी भयो अभियानको थालनी
आफ्नै बुवा–आमाले सञ्चालन गरेको बसुन्धरास्थित माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ स्कुलबाट २०६६ मा एसएलसी र गोल्डन गेट कलेजबाट प्लस टु सकेपछि गरिमा एमबिबिएस पढ्न काठमाडौं बाहिर जानुपर्यो। उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबिबिएस अध्ययन गरिन्। 

पढाइ सकिएपछि आफूले पढेकै अस्पतालमा करिब एक वर्ष इन्टर्न गरिन्। एमबिबिएस पढ्दा थाहा नपाएको कुरा इन्टर्नमा जान्न पाइन्। अस्पतालमा आफ्नो महिनावारीप्रति खासै सचेत नभएका, सरसफाइ नगर्दा संक्रमित भएका पोखरेली महिलालाई भेटाइन् र उनीहरुको उपचारमा संलग्न हुने अवसर पाइन्। त्यहीबाट उनलाई थाहा लाग्यो– अझै पनि महिनावारी नेपालको ठूलो समय रहेछ। 

‘पोखरामा रहँदा महिनावारीबारे सचेत नभई धेरै समस्या झेलिरहेका महिला देखेँ,’ उनले सुनाइन्, ‘धेरै महिला त संक्रमणले ग्रसित हुनुहुन्थ्यो। त्यसपछि नेपाली महिला अझै पनि यस्ता विषयमा सेचत छैनन् भन्ने थाहा पाएँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष एमबिबिएसको पढाइ सकिएपछि उनी काठमाडौं फर्किइन् र यसबारे आफूले केही काम गर्न चाहेको कुरा आमालाई बताइन्। ‘त्यसपछि महिनावारी स्वास्थ्यसम्बन्धी धेरै अध्ययन र खोज गरेँ। मेरै सोच अनुसार ममीले प्याड डिजाइन गरिदिनुभयो,’ यसरी सुरु भयो उनको योजना। 

आफूले बनाएको प्याड सजिलो र पुनः प्रयोग गर्न मिल्ने खालको भएको उनको दाबी छ। ‘सामान्य प्याडभन्दा यो अलि फरक हुन्छ,’ प्याडबारे गरिमाको बयान छ, ‘गाउँ घरका महिलाले पनि यसलाई बनाउन सक्छन्। फलाटिनको कपडालाई प्याडको आकारमा काटेर त्यसको भित्र कोराको कपडा पट्टयाएर राखिन्छ। त्यसलाई पेन्टीमा अड्काउन बटन पनि राखिएको हुन्छ। फलाटिन नरम हुने भएकाले प्रयोग गर्न सुरक्षित हुन्छ र रगत राम्ररी सोस्छ।’

एउटै प्याडलाई पटकपटक प्रयोग गर्दा किटाणुको संक्रण हुने जोखिम पनि त्यतिकै हुन्छ। तर, त्यसका लागि उनले प्याडलाई किटाणुमुक्त पार्ने तरिका पनि बनाएकी छिन्। 

Xtrem

Xtrem

उनका अनुसार प्याडलाई साबुन पानीले धोएर घाममा सुकाउँदा १० देखि २० प्रतिशत मात्रै ब्याक्टोरिया मर्छन्। त्यस्तै आइनरनले तताउँदा पनि ४० देखि ५० प्रतिशत मात्रै किटाणु मार्न सकिन्छ। तर, प्याडलाई प्रेसर कुकरमा हालेर सिटी लगाउँदा शतप्रतिशत किटाणु मार्न सकिन्छ। उनको विधि छ, ‘महिनावारी हुँदा प्रयोग गरिएका कपडालाई धोएर एउटा प्लास्टिकमा राख्ने र थोरै पानी हालेर प्रेसर कुकरमा एक सिटी लगाउने। यसो गर्दा प्रेसर कुकरको प्रयोगले घरायसी रुपमा पनि सामानलाई ‘स्टेरेलाइज’ गर्न सकिन्छ। यसबाट शतप्रतिशत किटाणु नाश गर्न सकिन्छ।’

प्याड बनाएपछि यसलाई सचेतना अभियानकै रुपमा उनले अघि बढाइन्। त्यसको सरुवात आफैले स्कुले शिक्षा लिएको माउन्ट ग्लोरी बोर्डिङ स्कुलबाट गरिन्। त्यहाँका दुई शिक्षक र सात विद्यार्थी सहितको टोली तयार पारेर विभिन्न ठाउँमा अभियान चलाइन्। स्कुलका ६ कक्षादेखि १० कक्षासम्मका किशोरीलाई प्याड बनाउने तरिका सिकाइन्।

उनले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा पनि एमबिबिएस, बिएस्सी नर्सिङ, बिपिएच लगायत पढिरहेका छात्रालाई प्याड बनाउने र प्रयोग गर्ने तरिका सिकाइसकेकी छन्। ‘कोर’ काठमाडौँदेखि अलिबाहिर रहेको झोर पुगेर उनले त्यहाँका छात्रालाई प्याड बनाउने तालिम दिइन् र वितरण पनि गरिन्। झोरस्थित बोडेश्वर झोर उच्च माविमा छात्राहरुलाई प्याड बनाउने तालिम दिन जाँदा उनले केही फरक अनुभव गर्नुपर्यो। ‘झोरमा अझै पनि छाउपडी चल्दो रहेछ, सानैमा बिहे गरिदिने रहेछन्,’ उनको अुनभव छ, ‘महिनावारीबारे छात्राहरु बोल्नै नचाहने। उनीहरुलाई सिकाउनै हम्मेहम्मे परेको थियो।’

बुबा–आमाको साथ
केही समयअघि मात्रै त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरका रुपमा नियुक्त भएकी गरिमालाई आफ्नो जागिर, फिल्मी करिअर र समाजिक काममा भ्याइनभ्याई छ। तैपनि, उनी यो अभियानलाई काठमाडौंबाहिर पनि लैजाने योजनामा छिन्।

‘मेरो खास उद्देश्य अभियान काठमाडौंबाहिर पुर्याउने हो,’ भर्खरै २२ वर्षमा लागेकी उनी भन्छिन्, ‘अहिले फन्ड रेजिङ (रकम जोहो) का लागि पहल गरिरहेकी छु। लगत्तै काभ्रे, सिन्धुपाञ्चोक लगायतका भूकम्पपीडितका महिलालाई प्याड बनाउन सिकाउने र वितरण गर्ने योजनामा छु।’ 

उनले यो अभियान सुरु गरेको करिब ६ महिना मात्रै भएको छ। छोटै समयमा राम्रै प्रतिक्रिया पाएपछि उनी आफ्नो काममा थप हौसिएकी छिन्। ‘राम्रै फिडब्याक आइरहेको छ,’ उनी भन्छिन्, ‘ममी–बाबाको पनि राम्रो साथ पाएकी छु।’ 

गणेश श्रेष्ठ र विद्या श्रेष्ठकी एक्ली सन्तान्त हुन्, गरिमा। बसुन्धरामा बोर्डिङ स्कुल चलाइरहेका उनीहरु छोरीको कामलाई भरपुर साथ दिइरहेका छन्। आमाले त छोरीको कन्सेप्ट सुनेपछि प्याड बनाउन नै सघाएकी थिइन्। बुवा गणेश पनि छोरीको काममा हरतरहले सघाइरहेका छन्। 

‘प्याड बनाउनु ठूलो कुरा त होइन,’ आमाको भनाइ छ, ‘यसलाई चेतानको रुपमा कसरी चारैतिर फैलाउने भन्ने हो। हामीले यसलाई निरन्तरता दिने योजना बनाइरहेका छौं। छोरीको अभियानमा धेरैतिरबाट सहयोग गर्ने कुरा पनि आइरहेका छन्, दाताहरुले पनि चासो देखाइरहेका छन्।’ 

छोरीको कामबाट बुबा भने दंग छन्। छोरीको कामलाई व्यवस्थित गर्ने योजना बनाइरहेको बताउँदै उनी भन्छन्, 'धेरै प्रिन्सिपलका छोराछोरी बिग्रिएका हुन्छन् तर उनले हामीलाई नै बाटो देखाइरहेकी छिन्। मैले त स्कुलमा एउटा अभियान खडा गर्दैछु। एउटा क्लिनिक खोलेर उनको कामलाई व्यवस्थापन गर्न सहयोग पुर्याउने सोचिरहेको छु।’ 

कलाकारिता सोख, मेडिकल सपना
चिकित्सक र सामाजिक अभियन्तामा मात्रै सीमित छैन, गरिमाको परिचय। उनी सानैदेखि कलाकारितासँग पनि जोडिइन्। एलकेजीमा पढ्दा ‘उपकार’ र यूकेजी पढ्दा ‘सिउँदोको सिन्दुर’ फिल्ममा अभियन गरेकी गरिमा कक्षा ६ मा पढ्दा ‘किड क्विन’, र ‘मिस लिटिल, नेपाल’को ताज जित्न समेत सफल भइन्। गत वर्ष पनि दुइटा म्युजिक भिडियोमा मोडलिङ गरिन् भने केही विज्ञापनमा पनि उनले काम गरेकी छिन्। 

‘यी सबै काम एकैसाथ कसरी अगाडि बढाउन सकिएला?’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सर्जन बन्ने मेरो सानैदेखिको सपना हो। कलाकारिता मेरो सोख हो। समय व्यवस्थापन गरेर दुवै काम गर्छु।’ 

आफ्नो कामको धेरैले प्रशंसा गरिरहेको गरिमाले महसुस गरेकी छन्। ‘सोसल मिडियामा कतिपय मेरो यो अभियानबाट प्रभावित भएको प्रतिक्रिया जनाउनुहुन्छ,’ एकैपटक चिकित्सा, कलाकारिता र सामाजिक अभियानमा लागेकी उनले सुनाइन्, ‘तपाईं भर्सटाइल हुनुहुन्छ’ भन्छन्। खुसी लाग्छ।' 

‘छोरीको काम चारैतिर फैलाउने सोचिरहेका छौं’
–विद्या श्रेष्ठ, गरिमाकी आमा

छोरीको कामलाई लिएर अहिले सबै ठाँउबाट चासो राख्नेहरु बढेका छन्। छरछिमेक, परिवार र साथीहरुले पनि ‘कसरी गर्ने? के गर्ने?’ भनेर सिक्न खोजिरहेका छन्। कतिले त सिकेर पनि प्रयोग गर्न थालिसके। मैले छोरीलाई प्याड डिजाइनमा सहयोग गरेकी थिएँ। मेरो स्कुलका शिक्षक र विद्यार्थीलाई पनि तालिम दिएको छ। उहाँहरुले पनि त्यो बनाउन सक्नुहुन्छ। अब काठमाडौंबाहिर कसरी जाने भन्ने सोचिरहेका छौं।

‘सानैदेखि छोरीलाई संस्कार सिकायौं’
–गणेश श्रेष्ठ, गरिमाका बुवा

हामीले सानैदेखि छोरीलाई संस्कार सिकायौं। अन्धविश्वासभन्दा पनि तथ्य र तर्कमा विश्वास गर्न उनलाई जोड दियौं। पढाइमा पनि उनी ‘ट्यालेन्ट’ हुन्। हामीले सधै सकरात्मक कुरातर्फ मार्गनिर्देश गर्यौं। ‘पैसा मात्रै ठूलो कुरा होइन’ भन्ने सिकायौं। यसकै प्रभावले होला उनले सानैमा फिल्म खेलिन्। 

नयाँनयाँ काम गर्नुपर्छ भन्ने भावना उनमा जाग्यो। यसले उनलाई सामाजिक काममा ल्याइपुर्यो। छोरीको अभियानलाई पछिसम्म लैजान स्कुलमा एउटा अभियान खडा गर्दैछु। त्यहाँ एउटा क्लिनिक खोलेर उनको कामलाई व्यवस्थापन गर्न सहयोग पुर्याउने सोचिरहेको छु। 

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्