काठमाडौं– महानगरीय प्रहरी वृत बौद्धले रक्सी भट्टीमा छापा मारेर २६ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।
गोकर्णेश्वर नगरपालिका–६ मा रहेको ८ वटा रक्सी भट्टीमा प्रहरीले छापा मारेको थियो।
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी २१ हजार लिटर र तयारी मदिरा ५ हजार लिटर गरी २६ हजार लिटर नष्ट गरेको हो।
त्यसैगरी ५ हजार ५ सय किलो तोङ्बा पनि नष्ट गरिएको छ।
प्रहरीले १० थान ग्यास चुलो, १९ थान सिलिण्डर, प्लाष्टिक र फलामे ड्रम १ सय ३० थान र मदिरा बनाउन प्रयोग हुने अन्य भाँडा २६ थान बरामद गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।