डडेल्धुरा– स्थानीय तहमा न्यायिक समिति गठनपछि डडेल्धुरा जिल्ला अदालतमा मुद्धाको संख्यामा कमी आएको छ।
विगतमा सामान्य घरझगडा, महिलामाथि हुने घरेलु हिंसा, खानेपानी लगायतका मुद्दा जिल्ला अदालतमा पर्ने गरेका थिए।
तर, अहिले यस्ता मुद्दा आउन छाडेको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले जानकारी दिए।
जिल्ला अदालत डडेल्धुराका अनुसार चालू आर्थिक वर्षमा ४० मुद्दा दर्ता भएका छन्।
सबैभन्दा बढी सम्बन्धविच्छेद्का २३ मुद्दा दर्ता भएका छन्। जसमध्ये १४ मुद्दाको फैसला भएको न्यायाधीश चन्द्रमणि ज्ञवालीले जानकारी दिए।
यस्तै, जबरजस्ती करणीसम्बन्धी ६, सवारी ज्यान सम्बन्धी ७, जग्गा सम्बन्धी र अंश सम्बन्धी ३ मुद्दा फैसला भएका छन्।
गत आर्थिक वर्षका बाँकी ४० मध्ये १८ मुद्दा फैसला भएका छन्।
भदौ १ गतेबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐनमा छ।
तर, डडेल्धुरामा पुरुषले मुद्दा दर्ता नगरेको अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।