काठमाडाैं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक मध्यान्ह १२ बजेबाट सुरु भएकाे हाे।
आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबाेधन गर्ने कार्यक्रम तय भएपनि आइतबारसम्मका लागि स्थगित भएकाे छ। प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई प्रधानमन्त्री ओलीले आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम थियाे।
यही पुस ११ गतेबाट सुरु भएको सङ्घीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि आइतबार सममका लागि सम्बाेधन स्थगित भएकाे बताइएकाे छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।