काठमाडौं- टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले आज सांसद् पदको सपथ लिने भएका छन्।
चौधरीलाई सभामुख कृष्णबहादुर महराले केहीबेरपछि पद तथा गोपनीयताको सपथ खुवाउन लागेका हुन्।
कैलाली क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३४१ ल्याई विजयी भएका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए।
टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो।
चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल डिल्लीबजार कारागारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।