जनकपुर– धनुषामा मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुखियापट्टी मुुसहरनीया गाउँपालिका–१ का ६० वर्षीय रामअशिष यादवको रहेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति ८ बजे यादव घरतर्फ पैदल जाँदै गरेको अवस्थामा पछाडिबाट ज११प ३८८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकल चालक घटना लगत्तै फरार भएपनि पहिचान भइसकेकाले चालक र मोटरसाइकलको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।