धादिङ– धादिङमा भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनी ट्रक बुधबार दुर्घटना हुँदा ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो।
बा ४ ख ८६५८ नम्बरको मिनी ट्रक दुर्घटनापछि परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार घाइते चार जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।