विराटनगर– संखुवासभामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
धर्मदेबी नगरपालिका–५ को चटपटे भीरबाट लडेर वडा नं. १४ का ६३ वर्षीय लीलाबहादुर मगरको मृत्यु भएको हो।
उनी बजारबाट घर फर्कने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि चैनपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।