दमक– झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा बुधबार अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन्।
स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उनको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिए।
आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ।
गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।