विराटनगर– इटहरी उपमहानगरपालिका–८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
इटहरीबाट विराटनगर जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको चालक ५० वर्षीय गिरीराज ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।