काठमाडौं– १२ वर्षकी मकवानपुर राक्सिराङकी गंगामाया प्रजा आमा बनेकी छन्।
काठमाडौंस्थित प्रसुतिगृहमा उनले छोरीलाई जन्म दिएकी हुन्। दिउँसो करिब १ बजे शल्यक्रियामार्फत् उनले छोरीलाई जन्म दिएकी हुन्।
१२ वर्षमा गर्भवती भएकी गंगामायाबारे समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले चासो देखाउँदै उद्दारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएका थिए।
त्यसपछि उनलाई मकवानपुरबाट मंसिर ५ गते काठमाडौं ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।