काठमाडौं– वैदेशिक रोजगार विभागले जापानको रोजगारीको हल्लाका भरमा पछि नलाग्न युवालाई आग्रह गरेको छ।
सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र गरिरहेको भन्दै विभागले युवालाई आग्रह गरेको हो।
कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले कुनै पनि म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिलाई राहदानीसँगै पैसा नबुझाउन विभागले सूचना जारी गरेर अपिल गरेको छ।
जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने विभागको सूचनामा उल्लेख गरेको छ।
सरकारले यस विषयमा केही आधिकारिक निर्णय नगरेको पनि विभागको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।