काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा एक व्यक्तिको १० लाख रुपैयाँ लुटपाट भएको छ।
सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ।
बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाइरहेको अवस्थामा ३ जनाको समूहमा आएका लुटेरा समूहले रकम लुटेको हो। घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरिद गर्न उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।