काठमाडौं– अनुमति नलिई ड्रोन क्यामेरा उडाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा ड्रोन क्यामेरा उडाउने काठमाडौं कोटेश्वर बस्ने सिराहा धनगढी नगरपालिका–२ घर भएका २४ वर्षीय सन्देश लुईटेलसहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ड्रोन क्यामरा उडाइरहेको अवस्थामा उनीहरुलाई फेला पारेको हो। उनीहरुबाट ड्रोन क्यामेरा पनि प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।