जनकपुरधाम– प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री तथा सचिवहरूको सवारीका लागि चारवटा गाडी खरिद गरेको छ।
कार्यालयले मुख्यमन्त्री लालबाबु राउतको सवारीका लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ पर्ने टोयटा फर्चुन गाडी खरिद गरेको हो।
उक्त गाडी काठमाडौंको आइटड ट्रेडर्स इन्डिकेटबाट खरिद गरिएको छ।
यस्तै सोही ट्रेडर्सबाट कार्यालयका मुख्यसचिवका लागि टोयटा कम्पनीकै ६१ लाख ९० हजार रुपैयाँमा टोयटा रस कार किनेको जनाएको छ।
यस्तै मुख्यमन्त्री कार्यालयकै दुई अन्य सचिवका लागि दुईवटा गाडी खरिद गरेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।