विराटनगर– इलामको फाकफोकथुम गाउँपालिका–१ लुम्सुङदानमा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु भएको छ।
लुम्सुङदानबाट इलाम जाँदै गरेको मे १ज १७८६ नम्बरको बोलेरो दुर्घटना हुँदा स्थानीय ७२ वर्षिय सोम प्रसाद दुलालको मृत्यु भएको हो।
बोलेरोको ब्रेक फेल भएर उनलाई किचेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
गाडी चालक २७ वर्षीय सन्तोष पौडेललाई प्रहरी चौकी आमचोकले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।