विराटनगर– मोरङ प्रहरीले सोमबार एकै दिन २० जना फरार अभियुक्तालाई पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला अदालत मोरङबाट विभिन्न मितिमा भएको फैसलाअनुसार कैद तथा जरिवाना फैसला भएपछि उनीहरू फरार थिए।
केही सार्जजानिक मुद्दाका ६, कुटपिट मुद्दाका १२, आगलागी मुद्दाका १ र जबरजस्ती करणी मुद्दाका १ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसअघि गत आइतबार एकैदिन १९ जना फरार प्रतिवादी पक्राउ परेका थिए। जस अन्तर्गत अबहेलना मुद्धाका ६ र कुटपिट मुद्धाका १३ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई कैद तथा जरिवाना असुलीका लागि कारागार चलान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।