काठमाडौं– हत्या गरी फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।
बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने काभ्रेपलाञ्चोक खनालथोकका जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई १७ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले २०५८ साल साउन ४ गते काठमाडौं महानगरपालिका–३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
हत्यापश्चात आफ्नो वास्तविक परिचयसमेत लुकाइ नाम परिवर्तन गरेर फरार उनी भएका थिए। सिआइबीले श्रष्ठलाई सुन्धाराबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।