नयाँ दिल्ली (एजेन्सी)– ‘बाहुबली’ सिरिजमार्फत विश्वमा आफ्नो छुट्टै पहिचान बनाएका दक्षिण भारतका सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ को पहिलो ‘लुक’ सार्वजनिक भएको छ।
प्रभासको ३८ औं जन्मदिनमा उनको नयाँ फिल्मको झल्को सार्वजनिक गरिएको हो। फिल्मको पहिलो ‘लुक’मा प्रभास सुटबुटमा देखिएका छन्। उनले गलबन्दीले आफ्नो आधार अनुहार ढाकेका छन्।
२०१७ मा कीर्तिमानी कमाइ गरेको ‘बाहुबली– दि कनक्लुजन’ पछि प्रभासको अघिल्लो फिलम ‘साहो’ रिलिजको तयारीमा छ। जसमा उनी छुट्टै भूमिकामा देखिदै छन्। फिल्मको सुटिङ हैदराबादमा भइरहेको छ।
सुजितको निर्देशनमा निमार्ण हुन लागेको फिल्ममा प्रभासको जोडीको रुपमा श्रद्धा कपुर छिन्। यसमा निल नितिन मुकेशले पनि अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।