रसुवा– सोमबार अवरुद्ध भएको पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाई राजमार्ग सञ्चालन गरिएको हो।
गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत गरी २ सयको हाराहारीमा रोकिएका सवारीसाधन राजमार्ग खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले जानकारी दिए।
सडक खुलेसँगै नियमित बस सेवा र एम्बुलेन्ससमेत सञ्चालनमा आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।