काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र लिएर मात्रै नबस्न विद्यार्थीलाई आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको ४४ औ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने भन्दै प्राप्त शिक्षालाई व्यवहारमा उतार्नुपर्ने बताएका थिए। आफुले प्राप्त शिक्षालाई व्यवहारमा उतार्न सम्पूर्ण दीक्षित विद्यार्थीलाई सुझाव दिए।
विभिन्न संकायबाट दीक्षित विद्यार्थीलाई सुझाव दिँदै उनले भने, 'प्रमाणपत्र लिएर मात्रै नबस्न आग्रह गर्छु। आफूले पाएको शिक्षालाई वास्तविका जीवनमा उतार्नुहोस्।' शिक्षाले जीवनलाई सहज र सरल बनाउँदै मान्छेलाई गुणशील बनाउने भएकाले जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने उनले बताएका थिए।
प्रधानमन्त्री ओलीले आगामी शैक्षिक सत्रमा स्कुल जाने कोही पनि बालबालिका विद्यालय बाहिर नरहने दाबी गरे। सरकारले यसै वर्ष सबै बालबालिकालाई विद्यालय पुर्याउने प्रयास गरेको भएपनि केही बालबालिका अझै पनि विद्यालय बाहिरै रहेकाले आगामी वर्ष त्यो लक्ष्य पुरा हुने दाबी गरेका थिए। विश्वविद्यालय सिद्धान्त घोकाउने मात्र नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।