राजविराज– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सरकार हावादारी भएको आरोप लगाएका छन्।
४३औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सप्तरी कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै रिजालले भने, ‘तिथी नै तोकेर जहाज चलाउने र रेल कुदाउने प्रधानमन्त्रीका कुरा कहाँ पुगे? प्रधानमन्त्री ओलीको हावादारी कुराकै कारण जनताको नजरमा सरकारलाई लाज ढाक्न पनि समस्या परेको छ,’ उनले भने, ‘गफ होईन, काम गरेर देखाउनु पर्छ।’
जनताप्रति जिम्मेवार बन्न र जनमतको सम्मान गर्न उनले सरकारलाई आग्रह पनि गरे।
सरकार निरंकुश भएर अघि बढिरहेको रिजालको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।