काठमाडौं– माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार ‘तेरो आफ्नो...’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा गायक शिव परियारको स्वर, विप्लव प्रतीकको शब्द तथा कल्याण सिंहको संगीत छ। भिडियोमा फिल्मका मुख्य पात्र विपिन कार्की भावुक र संघर्षशील युवकका रुपमा प्रस्तुत भएका छन्।
फिल्ममा विपिनसँगैअभिनेत्रीद्वय वर्षा राउत र सुरक्षा पन्त रहेका छन्। दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारले अभिनय गरेका छन्।
आरोही केसी निर्माता रहेको फिल्म ‘गोपी’मा श्रीधर पौडेल कार्यकारी निर्माता हुन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।