काठमाडौं– डा अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन्।
सोमबार राष्ट्रपति विद्या भण्डारीले शाक्यलाई राजदूतमा नियुक्त गरेकी हुन्।
शाक्यलाई कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस गरेको थियो। मंसिर २३ गते उनलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।
'आज मिति २०७५ साल पुस १६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ', राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।