काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए। आयोगले पोखरेललाई घुस रकमसहित आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले कामनापा– १६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो। उनलाई एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।