एजेन्सी– बलिउड अभिनेता कादर खान अस्वस्थ भएपछि उपचारका लागि क्यानडास्थित एक अस्पतालमा छन्। तर उनै खानको मृत्युको गलत समाचार सामाजिक सञ्जालमा प्रकाशन भइरहेका छन्।
यस विषयलाई खानकै छोरा सरफरजाले खण्डन गरेका छन्। सराफले बिबिसी हिन्दीसँग कुरा गर्दै मृत्युको खबर झुटो भएको बताए।
श्वासप्रश्वास प्रक्रिया प्रतिकूल देखिएपछि खानको क्यानडास्थित एक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। खानका फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालहरुमा पोस्ट गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।