जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख र प्रधानसेनापतिबीच सोमबार भेटवार्ता भएको छ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए।
सो भेटमा प्रदेश २ मा विकास कार्यमा हुन सक्ने सेनाको भुमिका विषयमा कुराकानी भएको छ। साथै सो भेटका क्रममा प्रधानसेनापति थापाले प्रदेश २ मा महोत्तरीको बर्दिबासस्थित सैनिक विद्यालय तथा सैनिक अस्पताल संचालन हुने जानकारी दिए।
हाल बढ्दो समस्याका रुपमा रहेको युवा पलायनलाई रोक्न रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने बताएका थिए।
त्यस्तै, तराई मधेशका चाडपर्व तथा सांस्कृतिक रितिरिवाज जस्ता कुराहरुलाई विभिन्न कार्यक्रमहरुका माध्ययमबाट पहाड तथा हिमालमा समेत झल्काउने बताउनुभएको छ । साथै पहाड र हिमालका सँस्कृतिहरुलाई तराई मधेशमा चित्रण गरिने समेत बताएका थिए।
बिहान करिब आधा घन्टा भएको भेटवार्ताका क्रममा मोबाईल अस्पताल मार्फत स्वास्थ्य सेवा सँचालन गरिने प्रधानसेनापति थापाले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।