दमौली, तनहुँ- युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको छ।
गत शुक्रबार तनहुँको व्यास नगरपालिका–१० सेवरस्थित एक होटलमा बसिरहेका २५ वर्षीय सुमन तिमल्सेनालाई वडा नं १० का २१ वर्षीय पदम भुजेल र १८ वर्षीय सनम गुरुङले खुकुरी हानी घाइते बनाएका थिए।
तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।
उक्त दिन घर नजिकैको होटलमा बसिरहेका तिमल्सेनालाई दुई युवकले एक्कासि खुकुरीले आक्रमण गरेका थिए। खुकुरी प्रहार भएकै राति ती दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।