चौतारा- लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आवास निर्माणका लागि बनेपाबाट सिमेन्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको बा४ख ८२९७ नंको टिपर सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिए।
चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।