महोत्तरी- अपहरणमा परेका एक युवक एक सातापछि मुक्त भएका छन्।
आफ्नै घरबाट अपहरणमा परेका मनरासिस्वा नगरपालिका– ९ का ३४ वर्षीय सुरेशराम चमारलाई प्रहरीले अपहरणमुक्त गरेको हो। सिरहा प्रहरीको सहयोगमा चमारलाई अपहरणमुक्त गरिएको हो।
अपहरणमा संग्लन भएको आरोपमा सप्तरी नगरपालिका– का १८ वर्षीय सञ्जीवकुमार यादव र १९ वर्षीय वरुणकुमार यादव पक्राउ परेका छन्।
गत असोज २९ गते घरबाटै अपरहणमा परेका चमारको परिवारसँग अपहरणकारीले फोनमार्फत आइएमइबाट रु दुई लाख ७० हजार माग गरेको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।
चमार वैदेशिक रोजगारबाट केही दिनअगाडि मात्र घर फर्केका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।