जनकपुर- महोत्तरीको बर्दिबास नगरपालिकालाई आइतबार प्रदेश नं २ को पहिलो बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको छ।
बर्दिबास नगरपालिकाद्धारा आयोजित कार्यक्रममा प्रदेश नं २ की सभासद् शारदादेवी थापाले नगरलाई बालश्रम मुक्त नगरपालिका घोषणा गरेकी छन्।
नगरमा कुनै पनि बालबालिका श्रमिकको रुपमा नभेटिएपछि बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको हो।
बाल अधिकारको संरक्षण गरी, बालश्रम मुक्त समाजको निर्माण गर्न बालबालिकालाई श्रममा भन्दा शिक्षामा जोड दिन कार्यक्रममा सहभागीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।